Rajkumari1610178068.jpg

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी नेकपा की नेत्री राजकुमारी गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । शनिबार एक अपील जारी गर्दै गुरुङले ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेको घोषणा गरेकी हुन् । ओली समूहले दिएको केन्द्रीय सदस्य पद स्वीकार गर्न असमर्थ रहेको बताउँदै उनले आफू संस्थापन पक्षकै कार्यकर्ता भएको बताएकी छन् । संविधानसभा चुनावमा तत्कालिन एमालेबाट समानुपातिक उम्मेद्वार समेत रहेकी गुरुङले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले जनमतको खिल्ली उडाएकाले केन्द्रीय सदस्य पद स्वीकार गर्न नसकिने बताएकी हुन् ।


2.jpg


RajKumari2.jpg