thumb.php.jpg

काठमाडौँ — वातावरण मैत्री अभ्यास प्रवर्द्धनका लागि साइकल अभियान सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी), ललितपुर महानगरपालिका र साइकल सिटी नेटवर्क नेपालले संयुक्त रूपमा थालेको अभियान आजबाट सुरु भएको हो । ललितपुरमा साइकल ¥यालीबाट सुरु भएको अभियानलाई कोभिड–१९ महामारीका बेला सहरी गतिशीलता र वातावरण मैत्री जीवनशैलीको विकल्पका रूपमा लिइएको छ । सफा, स्वस्थ र सस्तो यातायातको एक वैकल्पिक माध्यमका रूपमा साइकल यात्रा प्रचार गर्ने लक्ष्यका साथ अभियानको थालनी गरेको छ ।