Dhoti-Julush_Kathmandu-5.jpg

काठमाडौँ – मधेसका बासिन्दाहरु काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उत्रिएका छन् । उनीहरुले धोती कुर्ता लगाएर आज शनिबार प्रधानमन्त्री ओलीको पक्षमा ¥याली निकालेका हुन् । धोती जुलुस’ नाम दिएर प्रधानमन्त्री ओली मधेशीको ‘ज्यान’ रहेको दाबीसहित प्रदर्शनमा निक्लिएका छन् । उनीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीकोे शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका छन् । ओली पक्षका नेता महेश बस्नेतको अगुवाईमा धोती जुलुस भएको हो । सहभागी सबैले धोती, कुर्ता, गम्छासहित पगरी लगाएका छन् ।