dr-kc-aawaaj-news.jpg

काठमाडौँ – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशभर आन्दोलन भइरहेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा डा. गोविन्द केसी पनि आन्दोलित भएका छन् । नागरिक अगुवाको आह्वानमा भएको प्रदर्शनमा स्वास्थ्य शिक्षा सुधारका लागि आन्दोलन गर्दै आएका डा. केसी पनि सहभागी भएका हुन् । डा. केसीले संसद विघटन गरेर सरकारले निरङ्कुश काम गरेको भन्दै त्यसको विरोधमा आन्दोलनमा सहभागी भएको बताएका छन् । संविधानको रक्षाका लागि आफूहरु आन्दोलनरत रहेको बताएका छन् ।