pcr-test-@-birgunj.jpg

काठमाडौं – देशभर आज थप ५ सय ५४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङक्रमितको कुल सङ्ख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा ५३, सङ्खुवासभामा २, सुनसरीमा ३५, पर्सामा ३, बारामा ४, सप्तरीमा ३, सर्लाहीमा २, काठमाडौंमा १, चितवनमा १५, दोलखामा १, धादिङमा ३, भक्तपुरमा १३, मकवानपुरमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा ३०, तनहुँमा १३, लमजुङमा ६, बागलुङमा ९, स्याङजामा ४, अर्घाखाँचीमा ३, दाङमा १०, नवलपरासीमा ३, पाल्पामा ३, प्यूठानमा ४, बर्दियामा ७, बाँकेमा ९, रुपन्देहीमा २८, रोल्पामा १, जाजरकोटमा १, जुम्लामा १, डोल्पामा ७, सुर्खेतमा १, कञ्चनपुरमा १९, कैलालीमा १५, बझाङमा ११ र बाजुरामा १ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ सय ७१, भक्तपुरमा १३ र ललितपुरमा २३ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ सय ८२ जना कोरोना सङ्क्रमितको आईसीयुमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।