back_walk_14_8l9Yrb3asJ.jpg

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज राजधानीमा प्रदर्शन गरेको छ । उनीहरुले राजधानीको माइतीघरमा उल्टो हिँडेर प्रदर्शन गरेका हुन् । नेविसंघका नेता निरञ्जन थापाले संसद विघटन गर्ने ‘प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक तथा असम्वैधानिक कदमको विरोधमा उल्टो हिँडेर’ विरोध प्रदर्शन गरेको बताएका छन् ।

नेविसंघले ओलीको कदम र कार्यशैलीको विरोधमा चर्का नारा समेत लगाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै विभिन्न दल तथा सङ्गठनले सो कदमविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ओलीको सो कदमविरुद्ध सर्वोच्चमा समेत मुद्दा रहेको छ ।