tia.jpg

काठमाडौं – सरकारले त्रिभुवन विमानस्थलमा विद्युतीय बस सेवा सञ्चालन गर्ने योजना बनाएको छ । यात्रुहरुलाई टर्मिनल भवनबाट जहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म ल्याउन प्रयोग भैरहेका डिजेल बसहरु हटाएर विद्युतीय बस सञ्चालन गर्न लागेको हो । यो योजना कार्यान्वयन भएमा डिजेलबाट चल्ने बसहरु विस्थापित गर्ने योजना प्राधिकरणले बनाएको छ । सोहीअनुसार प्राधिकरणले सबै वायुसेवा कम्पनीहरुलाई पत्रमार्फत जानकारी गराइसकेको छ । प्राधिकरणले कम्पनीहरुसँग रहेका मौजुदा बसको प्रदुषण नापजाँच, हरेक सवारीको सीट सङ्ख्या, खरिद भएको वर्ष, सवारीको प्रकार समेत खुलाई प्राधिकरणमा पठाउन समेत अनुरोध गरेको छ ।

प्राधिकरणको यो योजनाबाट वायुसेवा सञ्चालकहरु भने बिच्किएका छन् । खासगरी कोरोना भाइरसको महामारीबाट माथि उठ्न नपाएका वायुसेवा कम्पनीलाई अतिरिक्त भार पार्ने गरी आएको योजना कार्यान्वयन गर्न समेत असम्भव हुने कम्पनीहरुको भनाइ छ । वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कोरोना महामारीमा १७ अर्ब ५० करोडभन्दा माथिको आम्दानी गुमाएका वायुसेवा कम्पनीले करोडौं खर्च गरी नयाँ बस सञ्चालनमा ल्याउन नसकिने बताएका छन्् ।

उनले वायुसेवा कम्पनीले सञ्चालन गरेको ¥याम्प बसको साटो निजी क्षेत्रबाट बस सञ्चालनको प्रयास यसअघि भएको भन्दै यसपटक पनि त्यस्तै हो की भन्ने आशङ्का गरेका छन् । उनका अनुसार २०६० सालमा विमानस्थलभित्र बस सञ्चालन गर्न प्राधिकरणले निजी क्षेत्रलाई घुसाउने प्रयास गरेको थियो । त्यसबेला वायुसेवा कम्पनीको कडा प्रतिवादका कारण यो काम रोकिएको थियो । वायुसेवा सञ्चालक सङ्घकाअनुसार अहिले आन्तरिक उडानमा सबैजसो कम्पनीले आफ्नै बस प्रयोग गरी यात्रुलाई टर्मिनल भवनबाट हवाईजहाजसम्म लैजाने गरका छन् । अन्तर्राष्ट्रिय उडानमा भने नेपाल वायुसेवा निगमले यसको जिम्मा लिएको छ ।

एयर साइडमा सञ्चालन हुने ¥याम्प बस तथा अन्य सवारी साधनमा यातायात व्यवस्था विभागले तोकेको प्रदुषण मापदण्डको पूर्ण परिपालना भएको तथा तेस्रो पक्ष बीमा समेत भइसकेको आयोजनाले जनाएको छ । डिजेल बस सञ्चालन गर्ने योजनाले यी बस प्रयोगविहिन हुने र वायुसेवा कम्पनीको करोडौं लगानी पुनः डुब्नेतर्फ समेत आयोगले जानकारी दिएको छ ।