Oli-1518700004.jpg

काठमाडौं —संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ ।शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको काठमाडौं कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पुस्तक पठाएको हो । यसैगरी अरु जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र र संविधानको पुस्तक बुझाउने कार्यक्रम रहेको छ ।


Nepal-ko-Sambidhan-2072.jpg