NEPAL BANK.jpg

काठमाडौं — दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम दिन भएका कारण राजश्व सङ्कलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले सब शाखाहरुलाई आग्रह गरेको हो । राष्ट्र बैंकको निर्देशनपछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् ।