Bibekshil-protest-8.jpg

काठमाडौं – संसद विघटन खारेज गर्न माग गर्दै विवेकशील पार्टीले काठमाडौंमा ऐना देखाएर प्रदर्शन गरेको छ । प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले माइतीघरमा ऐना देखाएर प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागीहरुले असंवैधानिक संसद विघटन खारेज गर लेखिएको ब्यानर बोकेका थिए ।

साथै उनीहरुले ‘यो समय भ्याक्सिनको हो प्रधानमन्त्री ज्यू’ लेखिएको घडी पनि प्रदर्शन गरेका थिए । केपी ओली सरकार अधिनायकवादको बाटोमा हिँडेको उनीहरुको भनाई थियो । विवाद र झैझगडा गरेर देशलाई अन्यौलमा राखिरहेका नेताहरुले एक पटक आ–आफ्नो अनुहार र व्यवहार ऐनामा हेरुन् भन्ने मनसायका साथ आफूहरुले ऐना देखाएर प्रदर्शन गरेको पार्टीका संमयोजक शसीबिक्रम कार्कीले बताए । गत पुष ५ गते प्रधानमन्त्रीले संसद विघटन गरेको विरोधमा काठमाडौंमा दिनहुँ जसो विरोधका कार्यक्रमहरु भइरहेका छन् ।