nagarik-samaj-dharna-8.jpg

काठमाडौँ– मानव अधिकारवादी कृष्ण पहाडीले प्रतिनिधिसभा विघटनको अवैधानिक एवं प्रतिगामी कदमविरुद्ध नागरिक समाजसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहले पनि भुल स्वीकार गर्नुपर्ने बताएका छन् । ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक रहेकोमा पहाडीले जोड दिएका छन् । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री केपी ओलीले संविधानको उल्लङघन गरेको बताएका छन् । उपाध्यायले कसैको सनकको भरमा संविधान उल्लङ्घन गर्न नमिल्ने र संविधान मिचेको टुलुटुलु हेरेर बस्न नसकिने जिकिर गरेका छन् । राष्ट्रिय मानव अघिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले राजनीतिक दलको झगडामा देशमा जनता असहजतामा बाँचिरहेको बताएकी छन् ।