ko23.jpg

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५, सुनसरीमा ८, धनुषामा ५, पर्सामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा १, काठमाडौँमा १ सय ९८, काभ्रेमा ७, चितवनमा ८, धादिङमा १०, नुवाकोटमा २, भक्तपुरमा २५, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा २८ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै सिन्धुलीमा २, कास्कीमा २५, गोरखामा २, नवलपरासी पूर्वमा २, पर्वतमा १, लमजुङमा १, बागलुङमा ४, स्याङजामा ३, अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ५, प्यूठानमा ३, बर्दियामा २, बाँकेमा ४, रुपन्देहीमा २५, रोल्पामा ३, दैलेखमा ६ तथा हुम्लामा १ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ सय ९८, भक्तपुरमा २५ र ललितपुरमा २८ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हाल देशभर १ सय ८४ जना कोरोना सङ्क्रमितको आईसीयुमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा ५ हजार १ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ ।