ezgif-7-af3bb4f64582.jpg

काठमाडौं – सर्लाहीमा सेवाग्राहीसँग घुस लिएका दुईजनालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले मालपोत कार्यालय हरिवनका नायव सुब्बा बेदनिधि बराल र लेखापढी व्यवसायी हरिवन नगरपालिका वडा नं. २ का राम सुन्दर महतोलाई ११ हजार घुस सहित नियन्त्रणमा लिएको अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ ।

जग्गाधनी दर्ता प्रमाण पत्र लालपुर्जामा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचना एवं उजुरीको आधारमा बर्दिवासबाट खटेको टोलीले लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीबाट ११ हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएका छन् भने नायब सुब्बा बराललाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ ।