us_capitol_35_69bFlFNq69.jpg

वासिङ्टन डीसी प्रहरीले अमेरिकामा भएको हिङ्साको क्रममा ४ जनाको मृत्यु भएको जानकारी दिएको छ । प्रहरीका अनुसार यी चारजनामध्ये एक महिलाको मृत्यु प्रहरीको गोली लागेको कारण भएको हो भने अन्य तीनजनाको ‘मेडिकल इमर्जेन्सी’ का कारण मृत्यु भएको हो ।

वासिङ्टन प्रहरीले अहिलेसम्म ५२ जनालाई पक्राउ गरिसकेको छ जसमध्ये ४७ जनालाई कर्फ्यू तोडेको आरोपमा पक्राउ गरिएको छ । वासिङ्टनमा भएको हिङ्साको क्रममा मारिएकी महिलाको स्थानीय प्रहरीको पहिचान गरेको छ । मृतकको नाम एशली ब्याबिट रहेको र उनी स्यान डियगोकी बासिन्दा बताइएको छ ।

रिपोर्टका अनुसार एशलीलाई संसद भवन छिर्ने क्रममा गोली लागेको हो । उनी ट्रम्पकी पक्की समर्थक थिइन् । गोली लागेपछि एशलीलाई अस्पताल लैजाने कोसिस गरिएको थियो तर उनको बाटोमा नै मृत्यु भयो ।