death-body.jpg

काठमाडौं – भक्तपुरको पाण्डूबजार हाइटमा घरमा रेलिङ्ग हाल्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–६ पाण्डूबजार हाइटमा स्थानीय गोविन्द राजकनिकारको घरको दोस्रो तलामा स्टिलको रेलिङ्ग हाल्ने क्रममा सूर्यविनायक नगरपालिका –५ बस्ने इश्वर कार्की खसेको प्रहरीले जनाएको छ ।

रेलिङ्ग हाल्ने क्रममा खसेका ४० वर्षका कार्कीलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।