gold.jpg

काठमाडौँ – सुनको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाला सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ३ सय रुपैयाँले घटेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार २ सय रुपैयाँ थियो । यस्तैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।