pm23.jpg

चितवन— नेकपा प्रचण्ड–माधव नेपाल पक्षका विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका क्याम्पसहरुमा विद्यार्थीहरुले आज बिहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटनको विरोधमा हाल प्रचण्ड–माधव समूहका विद्यार्थीहरु दोस्रो चरणको आन्दोलनमा उत्रेका छन् । सोही आन्दोलनको क्रममा विद्यार्थीहरुद्धारा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै नेकपाका ओली इतर समूहका राजनीतिक दलहरु पनि विरोधमा उत्रिएका छन् ।