rastriya 23.jpeg

काठमाडौं —राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने भएका छन् । नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेका छन् ।