ezgif-2.jpg

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । यस्तै नेपालमा आज थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८ सय ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ४ सय ९५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ । हाल देशभर ५ हजार १ सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ६ पीसीआर परीक्षण भएको छ ।