-Death.jpg

काठमाडौं – चितवनमा गैंडाको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका –७ बसने ४२ वर्षीया माया तामाङ रहेकी छन् ।चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।