Laltin-Julush_Student-Union-9.jpg

काठमाडौं – नेकपाको प्रचण्ड–नेपाल समूह समर्थक विद्यार्थी सङ्गठन अनेरास्ववियूले काठमाडौंमा लाल्टिन जुलुस निकालेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेको हो ।

आज माइतीघरबाट सुरु भएको लाल्टिन जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो । दिउँसै निकालिएको लाल्टिन जुलुसमा सहभागीहरुले निधारमा कालो पट्टी बाँधेका छन् । प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध घोषणा गरिएको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत आज अनेरास्ववियूले लाल्टिन जुलुस निकालेको हो ।

अनेरास्ववियूले मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि बयलगाडा प्रदर्शन गरेर प्रधानमन्नीको पुत्ला जलाउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।