k2jpg

उत्तर कोरियाली नेता किम जोङ उनले लगभग सबै क्षेत्रबाट आफ्नो राष्ट्रको आर्थिक विकास गर्ने योजना असफल भएको स्वीकारेका छन् । मंगलबार भएको सत्तारूढ दल वर्कर्स पार्टीको सम्मेलनमा उनले आर्थिक योजनाहरू असफल रहेको स्वीकारेको उत्तर कोरियाली सञ्चारमाध्यमले नै जनाएका छन् । किमले पछिल्ला पाँच वर्षलाई राष्ट्रका लागि ’खराब मध्येकै खराब’ भएको बताएका हुन् । अहिलेका बहु चुनौतीहरूसँग जुध्ने बलियो र छिटो माध्यम भनेको हाम्रो शक्ति र हाम्रो आफ्नै आत्मनिर्भर क्षमतालाई सम्भव बनाउनु हो, किमले भनेका थिए । कोरियन सेन्ट्रल न्युज एजेन्सी केसिएनए का अनुसार उक्त भेला पोङयाङमा मंगलबार भएको थियो ।

भेलाको पहिलो दिनमा कामको समीक्षा गर्दै पछिल्लो ५ वर्षको आर्थिक विकास योजना नराम्रोसँग असफल भएको बताएका थिए । हामीले हाम्रो अनुभव, सिकाइ र त्रुटीहरूलाई गहिराइमा विस्तृत विश्लेषण गर्ने सोचेका थियौं, उनले भने । कोरोना भाइरससँग बच्न उत्तर कोरियाले गत जनवरीमा चीनसँगका सीमाहरू बन्द गरेको थियो । चीनसँगको सीमा बन्द गरेपछि व्यापार घटेको हो । किमले पार्टी कार्यकर्ताको भने प्रशंसा गरेका थिए । महामारीविरूद्ध सुरूदेखि अन्त्यसम्म स्थिर अवस्था बनाउन सकेकोमा उनले प्रशंसा गरेका हुन् । किमले उत्तर कोरियामा एक जनामा पनि कोरोना सङ्क्रमित नभेटिएको दाबी गर्दै आएको छ । तर सो दाबीलाई प्रायले शङ्का गर्दै आएका छन् । उत्तर कोरियाको अर्थतन्त्रमा कोरोना महामारीसँगै मनसुनमा आएको पहिरोले पनि असर पारेको अल्जजिराले जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले लगभग सबै क्षेत्रबाट आफ्नो राष्ट्रको आर्थिक विकास गर्ने योजना असफल भएको स्वीकारेका छन् । मंगलबार भएको सत्तारूढ दल वर्कर्स पार्टीको सम्मेलनमा उनले आर्थिक योजनाहरू असफल रहेको स्वीकारेको उत्तर कोरियाली सञ्चारमाध्यमले नै जनाएका छन् । किमले पछिल्ला पाँच वर्षलाई राष्ट्रका लागि ’खराब मध्येकै खराब’ भएको बताएका हुन् । अहिलेका बहु चुनौतीहरूसँग जुध्ने बलियो र छिटो माध्यम भनेको हाम्रो शक्ति र हाम्रो आफ्नै आत्मनिर्भर क्षमतालाई सम्भव बनाउनु हो, किमले भनेका थिए । कोरियन सेन्ट्रल न्युज एजेन्सी केसिएनए का अनुसार उक्त भेला पोङयाङमा मंगलबार भएको थियो ।

भेलाको पहिलो दिनमा कामको समीक्षा गर्दै पछिल्लो ५ वर्षको आर्थिक विकास योजना नराम्रोसँग असफल भएको बताएका थिए । हामीले हाम्रो अनुभव, सिकाइ र त्रुटीहरूलाई गहिराइमा विस्तृत विश्लेषण गर्ने सोचेका थियौं, उनले भने । कोरोना भाइरससँग बच्न उत्तर कोरियाले गत जनवरीमा चीनसँगका सीमाहरू बन्द गरेको थियो । चीनसँगको सीमा बन्द गरेपछि व्यापार घटेको हो । किमले पार्टी कार्यकर्ताको भने प्रशंसा गरेका थिए । महामारीविरूद्ध सुरूदेखि अन्त्यसम्म स्थिर अवस्था बनाउन सकेकोमा उनले प्रशंसा गरेका हुन् ।

किमले उत्तर कोरियामा एक जनामा पनि कोरोना सङ्क्रमित नभेटिएको दाबी गर्दै आएको छ । तर सो दाबीलाई प्रायले शङ्का गर्दै आएका छन् । उत्तर कोरियाको अर्थतन्त्रमा कोरोना महामारीसँगै मनसुनमा आएको पहिरोले पनि असर पारेको अल्जजिराले जनाएको छ ।