chori-bike-chitwan.jpg

काठमाडौं – मोटरसाइकल चोरीमा सङ्लगन रहेका चार जनालाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा आज बिहान पत्रकार सम्मेलन गरी चोरीका मोटरसाइकल सहित चारै जनालाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका –११ गणेस्थान बस्ने १८ वर्षीय शिव विक, भरतपुर–९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर–८ गौरीगञ्ज बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भई हाल भरतपुर–८ पारसनगर बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

प्रहरीले मेलोन सुनारलाई भरतपुर–१० स्थित अष्टभुजा पेट्रोल पम्प पछाडि रोकी राखेको प्रदेश नं.२–०३–००१ प १८७४ नम्बर प्लेटको २२० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो । पुस २० गते चितवन जिल्ला अदालतबाट पहिलोपटक ७ दिनको म्याद लिई उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए ।

चितवनमा पुस २ गतेदेखि १८ गतेसम्म तीन वटा पल्सर मोटरसाइकल र एक स्कुटी हराएको भन्दैं प्रहरीमा निवेदन परेको उनले बताए । प्रहरीले यो बीचमा एउटा पल्सर मोटरसाइकल र एउटा स्कुटीलाई वर्कसर्पबाट बरामद गरेको प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए । जिल्लामा पछिल्लो समयमा सवारी साधन चोरी भएका घटना बढेको भन्दै प्रहरीले अनुसन्धान तीव्र पारेको प्रवक्ता थापाले बताए ।