child-death.jpg

काठमाडौं – सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर –१ भेडहिया निवासी पप्पु मण्डलका २ वर्षीय छोरा बजरङ्गी मण्डलको घर अगाडिको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा नालामा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।