korona 21.jpg

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १०, धनकुटामा १, मोरङमा ९, संखुवासभामा २, सुनसरीमा ८, धनुषामा १, सप्तरीमा १, सर्लाहीमा १, सिराहाका २, काठमाडौँमा १ सय ७१, काभ्रेमा १, चितवनमा ३२, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा ५, रामेछापमा २, ललितपुरमा ५३ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा ४५, गोरखामा ५, तनुहँमा ३, नवलपरासी पूर्वमा ८, पर्वतमा १, मनाङमा ५, म्याग्दीमा २, लमजुङमा ८, बागलुङमा ८, स्याङजामा ४, अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा १, दाङमा ३, नवलपरासीमा ३, पाल्पामा १२, बर्दियामा ६, बाँकेमा १३, रुकुम पूर्वमा १, रुपन्देहीमा २३, जुम्लामा १, अछाममा ४, कैलालीमा २१, डडेल्धुरामा ६, डोटीमा ५, तथा बैतडीमा ८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ सय ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २ सय ३ जना कोरोना सङ्क्रमितको आईसीयुमा र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।