satrudham-mahato.jpg

जनकपुरधाम – नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश नं २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले आज मङ्गलबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाइएको हो । अब संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् । नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो ।

आज दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ ः४५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध दलको नेतामा चयन भएको सांसद गोबिन्दबहादुर न्यौपानेले जानकारी दिएका छन् । नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर सङ्कलन गरिएको सांसद न्यौपानेले जानकारी दिएका छन् ।