stock-market-.jpg

काठमाडौं —साताको तेस्रो दिन मङ्गलबार सेयर बजार ३ दशमलव ५४ अङ्कले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अङ्कले ओरालो लागेको छ । समग्रमा बजार घट्दा कारोबार रकम ४ अर्ब ५६ करोडमा रोकियो । नेप्सेमा कारोबार हुने उपसमूहहरुमध्ये तीन उपसमूहहरु विकास बैंक, जलविद्युत र निर्जिवन बीमा बढ्दा बाँकी सबै समूह घटेका छन् ।बजार घट्दा पनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने उछाल नै आएको छ । सातवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

आज मङ्गलबार धेरै सेयर मूल्य बढेका ५ कम्पनीहरु

क्र.सं कम्पनीको नाम बढेपछिको मूल्य वृद्धि प्रतिशत

१. जनउत्थान लघुवित्त १८८१ ९.९९

२. नारायणी डेभलपमेन्ट बैंक ५२३ ९.८७

३. हिमाल दोलखा हाइड्रोपवार १३४ ९.८४

४. रिढी हाइड्रोपावर १५९ ९.६६

५. जोशी हाइड्रोपावर ११७ ९.३५