kathmandu 21.jpg

काठमाडौं —काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मै प्रदुषित भएको पाइएको छ । मङ्गलबार अर्थात् आजको वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ । वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि अमेरिकी राजदूतावासले पनि घरभित्र बस्दा झ्याल ढोका बन्दा गरेर, मास्क लगाएर बस्न सुझाव दिएको छ । प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्नसमेत आग्रह गरेको छ ।

आईक्यूएयरका अनुसार नेपालको वायु प्रदूषणको तह ४ सय ८८ पुगेको जनाएता पनि वातावरण विभागले आज मङ्गलबार काठमाडौँ उपत्यकाको वायुप्रदूषण अहिलेसम्मकै बढी भए पनि सूचाकाङ्क ३ सय पुगेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागका उप—महानिर्देशका इन्दु विक्रम जोशीले बताएका छन् । अघिल्ला वर्षहरुमा यही समयमा वायु गुणस्तर सूचाकाङ्क १ सय ९० मा सिमित हुने थियो । यसवर्ष ह्वात्तै वायुप्रदुषण बढेकाले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने अनुमान गरेका छन् । उपत्यकासँगै तराई क्षेत्रका वायु गुणस्तर सूचाकाङ्कमा अझ वृद्धि भएको उप—महानिर्देशक जोशीले जनाएका छन् । काठमाडौँ उपत्यका कचौरा आकारको भएकाले यहाँ भित्र भएका प्रदूषित वायु तल्लो तहबाट वायुमण्डलको उपल्लो तहमा उड्न नपाएकाले उपत्यकाको वातावरण प्रदूषित भएको उप—महानिर्देश जोशी बताउँछन् ।

उपत्यकामा सबैभन्दा बढि वायुप्रदुषण यातायातको साधनले बनाउने भएकाले अनावश्यक रुपमा सवारी साधन नचलाउन समेत उनले आग्रह गरेका छन् । वायुप्रदूषण ह्वात्तै बढाउने कारक तत्वमध्ये उपत्यकाका इँटा उद्योग, सवारी तथा कलकारखानाबाट निस्किएको धुवा आदिज हुन् ।वायुप्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर नै पर्छ । तर, कोरोना भाइरस सङ्क्रमित बिरामीलाई वायुप्रदूषणले झनै नकारात्मक प्रभाव पार्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । वायुप्रदूषणले विश्वमा कोभिड सङ्क्रमितको मृत्युदर ३ प्रतिशतले बढाउने गरेको अध्ययनहरुले देखाएको छ । वायुप्रदूषणले सिधै श्वासप्रश्वास प्रक्रियामा असर गर्ने भएकाले मानव स्वास्थ्यमा गम्भीर समस्या निम्ताउन सक्ने शुक्रराज तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउका छन् । ‘वायुप्रदूषणले डबल हिट गर्छ, अर्थात् कोरोना भाइरस हुँदा पनि फोक्सोमा सङ्क्रमण गर्छ भने श्वासप्रश्वास प्रक्रिया पनि त्यहीबाट हुने भएकाले स्वास्थ्य समस्या झन् बढ्न सक्ने खतरा छ ।

काठमाडौँ उपत्यकाको प्रदूषित वातावरणमा यात्रा गर्दा मास्कको अनिवार्य प्रयोग, चस्माको प्रयोग गर्न समेत उप महानिर्देशक जोशीको आग्रह छ । यस समयमा घरभित्र बस्दा झ्याल ढोका लगाएर वा मास्कको प्रयोग गर्दा पनि राम्रो हुन्छ । यसअघि पनि संक्रमितहरुलाई वायुप्रदूषणले बढी नकारात्मक प्रभाव पार्ने भएकाले दूषित वातावरणबाट जोगिन चेतावनी पहिला नै वैज्ञानिकहरुले दिइसकेको उनले बताए । वायुप्रदूषणले कोभिड संक्रमित बिरामीलाई थप क्षति पु¥याउन सक्ने भएकाले उपत्यकाको वातावरण प्रदुषणमय हुँदा चिन्ताको विषय बनेको उनले सुनाए । डा.पुनले छातीसम्बन्धी रोगीलाई मात्रै नभएर अन्य दीर्घरोगी, मुटु, मिर्गौला रोगीको स्वास्थ्यमा झन समस्या सृजना हुने बताएका छन् ।