press-meet.jpg

काठमाडौं — कृषि उद्योगी र व्यवसायीहरुले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय कृषक र व्यवसायीको हित विपरीत भएको बताएका छन् । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेडले मङ्गलबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी उनीहरुले कुनै पनि सर्तमा वैदेशिक लगानी भित्र्याउन नहुने भन्दै निर्णय फिर्ता लिन सरकारसगँ आग्रह गरेका हुन् ।

देशमा निजी क्षेत्रले अरवौंको लगानी गरेको अवस्थामा कुनै पनि सल्लाह नगरी अपारदर्शी रुपमा गरिएको यो निर्णयले राष्ट्रको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने व्यवसायीहरुको भनाइ रहेको छ । वैदेशिक लगानी भित्र्याउने गरी भएको निर्णयले ग्रामीण रोजगारीमा असर पर्ने र कृषि पेसामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा जाने उनीहरुको तर्क रहेको छ ।साथै यसप्रकारका निर्णयले स्वदेशी व्यवसायीहरुको उद्मशील विकासमा बाधा हुने, किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटोसमेत बन्द भई देश गरिबीतर्फ धकेलिने भन्दै कृषि व्यवसायीहरुले दाबी गरेका छन् ।