sun 21.jpg

काठमाडौँ –स्थानीय बजारमा आज मङ्गलबार छापावाल सुनको मूल्यमा रु एक हजार १ सय रुपैँयाले वृद्धि भएर प्रतितोला रु ९६ हजार ४ सय रुपैँयामा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९सय रुपैँयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो प्रतितोला रु ९४ हजार ८ सयमा कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला रु १० रुपैयाँले वृद्धि भई प्रतितोला रु एक हजार ३ सय ३५ रुपैँयामा कारोवार भैरहेको छ ।चाँदी हिजो प्रतितोला रु एक हजार ३ सय २५ रुपैयाँमा कारोवार भएको थियो ।