madhab 21.JPG

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्ध नेकपा (प्रचण्ड–नेपाल) खेमाले मङ्गलबार राजधानी र विभिन्न शहरहरुमा अन्र्तक्रिया गर्दैछ प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदमविरुद्ध खबरदारी गर्न र सो कदम उल्ट्याउन देशव्यापी रुपमा अन्र्तक्रियात्मक कार्यक्रमहरु हुन लागेको हो । अन्र्तक्रियात्मक कार्यक्रमको नेतृत्व अध्यक्ष माधवकुमार नेपाल र स्थायी कमिटीका अन्य सदस्यहरुले गर्दै छन् । यो खेमाको सोमबारको स्थायी कमिटी बैठकले ओली कदमविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउनका लागि विपक्षी दल र नागरिक समाजसँग सहकार्य गर्न पहल गर्ने निर्णय गरेको थियो ।

यस्तै सोमबारको बैठक केन्द्र, प्रदेश र जिल्लास्तरीय पदाधिकारी छनौटलगायत पार्टी एकताका बाँकी काम सम्पन्न गर्नका लागि अध्यक्ष नेपालको नेतृत्वमा गृहकार्य कार्यदल गठनसमेत गरिएको थियो ।आइतबार यो खेमाले ओली कदमविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । आन्दोलनको सहकार्यका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतसँग अनुरोध गरेता पनि यी पार्टीहरु सहकार्य गर्न तयार नभएपछि यो खेमाले एक्लै दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । सोही अन्दोलन अन्तर्गत आज मङ्गलबार देशव्यापीरुपमा अन्र्तक्रियात्मक कार्यक्रम गर्न थालिएको हो ।