covid+19.jpg

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । र पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ८ सय ८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ५ सय ९४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ५५ हजार ८८ पुगेको छ । हाल देशभर ५ हजार २ सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर २ सय ९ जना कोरोना सङ्क्रमितको आईसीयुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।