arrest_1.jpg

काठमाडौं – कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्गगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको सङ्घीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए ।

सङ्घीय प्रहरी कार्यालय धनगढीको टोलीले आज बिहान कठरियालाई पक्राउ गरेको हो । उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजादै थिए भन्ने विषयमा छानबिन भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।