USA-Made-Pestol.jpg

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । झापा मेचीनगर २ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन् । एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।

राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्राउ गरेको हो । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।