sun+10.jpg

काठमाडौं – साताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाला सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो ।

महासङ्घका अनुसार तेजाबी सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।