thumb.php.jpg

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । र थप ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १ सय ९९ जना कोरोना सङ्क्रमितको आईसीयुमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।