Trams USA.jpg

गत नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा धाँधली भएको भन्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पराजयलाई स्वीकार गर्न तयार भएका छैनन् । निर्वाचन धाँधली भएको भन्दै आएका ट्रमको कार्यकाल मात्र १७ दिन बाँकी छ । जनवरी २० तारिखदेखि अमेरिकाले नयाँ राष्ट्रपतिमा जो बाइडेनलाई पाउने छन् ।

राष्ट्रपतिमा निर्वाचित वाइडेनलाई चुनौती दिदै ट्रम्पका समर्थक सिनेटरहरुले विरोध गर्दै आएका छन् । यसको अर्थ हो राष्ट्रपति ट्रम्पले आफ्नो पराजयलाई स्वीकार गरेका छैनन् । तथ्य प्रमाण नभै आरोपमा केन्द्रीत भएका ट्रम्पपक्षीय नवनिर्वाचित केही रिपब्लिकन सिनेटरहरुले इलेक्टोरल कलेज मत संसदबाट हुने प्रमाणीकरणलाई स्वीकार नगर्ने बताएका छन् ।

टेड क्रुजको अगुवाइमा ११ सिनेटर र नवनिर्वाचित सिनेटरहरुले उक्त निर्वाचनमा धाँधली भएको आरोपको विषयमा कमिसन खडा नगरिएसम्म जो बाइडेनको जितलाई प्रमाणीकरण नगर्ने बताएका छन् । उनीहरुले सदनबाट प्रमाणीकरण गर्न १० दिन ढिलाइ गर्नु पर्ने भन्दै आएका छन् । तर जनवरी ६ तारिखमा सदनले नवनिर्वाचित राष्ट्रपति वाइडेनको जितलाई प्रमाणीकरण गर्ने कार्यक्रम तय भैसकेको छ । तर उनीहरुले अवरोध खडा गर्ने बताएका छन् । यद्यपि अधिकांश सिनेटरहरु त्यसको पक्षमा छैनन् ।

आफ्नो पराजयलाई अस्वीकार गर्दै आएका ट्रम्पको निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने कानुनी प्रयासका प्रमाणहरुको अभावमा अदालतहरुले केही समय पहिले नै खारेज गरिदिएका थिए । त्यस लगतै राष्ट्रपति ट्रम्पले इलेक्टोरल कलेज मतदातालाई प्रभावित गर्ने प्रयासहरु पनि गरे । त्यसमा पनि उनी सफल नभएपछि नतिजा आफ्नो पक्षमा पार्नका लागि सिनेटलाई अन्तिम विकल्पको रुपमा प्रयोग गर्ने प्रयास गरेका छन् । यो कार्यप्रति रिपव्लिकन सिनेटर मिट रोमिनीले आफ्नो पार्टीका सिनेटरप्रति निन्दा गरेका छन् ।

नेभोम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो वाइडेनले ३ सय ६ कलेज मत पाएका थिए भने वर्तमान राष्ट्रपति ट्रम्पले २३२ मत पाएका थिए । यसरी जो वाइडेन अमेरिकाका लागि नयाँ राष्ट्रपतिमा निर्वाचित भएका थिए । नजवरी २० तारिकका दिन राष्ट्रपतिका रुपमा जो वाइडेन र उपराष्ट्रपतिका रुपमा कमला ह्यारिस शपथ लिंदै छन् ।