corona-virus-in-nepal.jpg

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ जनामा गरिएको परीक्षणमा २ सय ७३ पुरुष र १ सय ५३ महिला गरी ४ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको कुल सङ्ख्या २ लाख ६१ हजार १९ जना पुगेको छ ।

यसैगरी आज शुक्रबार कोरोना भाइरसको सङ्क्रमणलाई जितेर ७ सय ४८ जना घर फर्किएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या ६ हजार ४८ रहेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाले मृत्युबरण गरेका छन् । आजको यो सङ्ख्यासँगै नेपालमा हालसम्म संख्या १ हजार ८ सय ६४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज उपत्यकामा १ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । जसमध्ये काठमाडौंमा १ सय ३४, ललितपुरमा १८ र भक्तपुरमा १५ जना नयाँ सङ्क्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २९, कास्कीमा २६, बाँकेमा २३, दाङमा १९, झापामा १६, चितवनमा १३, रुपन्देहीमा १२, रसुवामा ११, कञ्चनपुर ११ र मोरङमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।