Rastri-Prajatantra-Party_Rally+2077.jpg

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग गरे पनि सबै राजनीतिक दलहरुले तिब्र विरोध जनाउँदै आएका छन् । यसैक्रममा आज सडकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा विरोध र्याली गर्दै गरेको छ । राजासहितको हिन्दु राष्ट्रको माग गर्दै आएको राप्रिपाले राजधानीका विभिन्न स्थानबाट ¥याली निकालेर राप्रपाले रत्नपार्कमा आमसभा गरेको थियो । र्याली पछि आयोजित सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले राजादेखि विप्लव माओवादीसम्म अटाउने व्यवस्था हुनुपर्ने भन्दै गणतन्त्र तत्काल खारेज गर्नसमेत माग गरेका छन् ।

प्रधानमन्त्रीले पुष ५ गते आफ्नो पार्टीको बहुमत हुँदाहुँदै नयाँ जनादेशको लागि भन्दै प्रतिनिधिसभा भङ्गगरे पछि देशमा सबैराजनीतिक दलहरुले विरोध गर्दै आएका छन् । यसअघि नेकपा प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेसले पनि विरोधर्याली निकाली संसद् विघटनको विरोध गरेका थिए । प्रधानमन्त्रीको असंवैधानिक कदम भन्दै संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा पुगेको छ । पुष १९ गते आइतबारबाट उक्त मुद्दा बहस हुँदै छ ।