SandeepLamichhane.jpg

काठमाडौं – अस्ट्रेलियाको व्यावसायिक क्रिकेट प्रतियोगिता बिग बास लिग बिबिएल खेल्न अस्ट्रेलिया पुगेका सन्दीप लामिछाने मैदान उत्रन तयार भएका छन् । उनी १५ दिनको कवारेन्टिनबाट बाहिर निस्किएका हुन् । प्रतियोगिताको पूर्व सन्ध्यामा सन्दीपलाई कोरोना संक्रमण भएपछि उनी बीबिएल सुरु भएको झण्डै २० दिनपछि मात्र खेल्न तयार भएका हुन् । सन्दीप डिसेम्बर १५ तारिखमा अस्ट्रेलिया गएका थिए ।

सन्दीप बीबिएलको यो सिजन होबर्ट हुरिकेन्सबाट खेल्दैछन् । हुरिकेन्सले ६ खेलमा चार जित र दुई हार ब्यहोरेको छ । उसले अघिल्लो खेलमा ब्रिसबेन हिटलाई एक रनले हराएको थियो । हुरिकेन्सले आगामी खेलमा शनिबार मेलबर्न स्टार्ससँग खेल्दै छ । स्टार्सले पाँच खेलमा दुई जित र दुई हारसहित १० अङ्क जोडेको छ । बीबिएलको अघिल्ला दुई सिजन सन्दीपले स्टार्सबाट खेलेका थिए । इन्डियन प्रिमियर लिग आईपीएलमा यो सिजन एक खेल पनि खेल्न नपाएका सन्दीपले बिग बासमा उनको महत्व स्थापित गर्नु पर्नेछ ।