bagmati predesh photo.jpg

हेटौंडा — बाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले आगामी माघ ७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको छ । आज शुक्रबार बागमती प्रदेशस्थित हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख समक्ष प्रदेश सभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । सत्तारुढ दल नेकपा दुई समुहमा विभाजित भएकोले त्यसको असर प्रदेश सरकारमा समेत देखिएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता भैसकेको छ । गत साउन ८ गते वर्षे अधिवेशनको अन्त्य भएपछि झण्डै ६ महिना हुनलाग्दा समेत प्रदेशसभाको हिउँदे बैठक आह्वान गरिएको छैन । आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश नियमावली २०७७ लाई स्वीकृत गर्ने, प्रदेश पर्यटन विकाससम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेश गर्ने र चितवनस्थित राप्ती नगरिपालिकालाई जग्गा भाडामा दिने निर्णय गरेको छ ।