Edinson-Cavani.jpg

काठमाडौं – म्यान्चेष्टर युनाइटेडका फरवार्ड एडिनसन कभानीलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा आपत्तिजनक शब्द पोस्ट गरेको भन्दै उरुग्वेका यी फरवार्डलाई ३ खेलको प्रतिबन्धसहित १ मिलियन पाउण्ड आर्थिक जरिमाना गरिएको हो । ३३ वर्षिया फरवार्डले अपमानजनक र अनुचित शब्द प्रयोग गरेको आरोपमा फुटबल एसोसियनले उनलाई दोषी ठहर गरेको छ ।

कभानीले गत नोभेम्बर २९ मा साउथह्याम्टनविरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तीजनक पोस्ट गरेका थिए । तर विवादमा आएपछि काभानीले पोस्टलाई हटाउँदै माफीसमेत मागेका थिए । कभानीले उक्त कारवाहीमा अपिल नगर्ने बुझिएको छ । प्रतिबन्ध र जरिवानापछि कभानीले शिक्षाको कार्यक्रम लिन अनिवार्य गरिएको छ । कभानीको प्रतिबन्ध तत्काल लागू हुने छ । जसका कारण कभानीले तीन खेल गुमाउने छन् । उनले नयाँ वर्षको दिन हुने प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेलका साथै इएफएल कपको सेमिफाईनलमा म्यान्चेष्टर सिटी र एफए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध खेल गुमाउने छन् ।