arrest-18.jpg

काठमाडौं – स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुङ्गाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरीय प्रहरी नागढुङ्गाले आज बिहान दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।