COVID-19-dath body.jpg

काठमाडौं— नेपालमा आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । यसैगरी वितेको २४ घण्टामा ६ हजार जनाको पीसीआर परीक्षण भएकोमा ५ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका समेत गरी देशभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या २ लाख ६० हजार ५ सय ९३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज बिहीबार ४ सय ४७ जना सङ्क्रमितहरु निको भै घर फर्किएका छन् । हालसम्म कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किनेको सङ्ख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ । हाल देशभर ६ हजार ३ सय ७८ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६२ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा कोरोना भाइरसकै कारण १ हजार ८ सय ५६ जनाले ज्यान गुमाइसकेका छन् ।