share-market.jpg

काठमाडौं– साताको अन्तिम कारोबारको दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले सुधारिदा केही कम्पनीहरु भने घटेका छन् । नेप्से परिसूचक २५ दशमलव २१ अङ्कले बढेर २ हजार ८७ दशमलव २७ अङ्कमा पुगेको छ । र उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.४० अङ्कले उकालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

हिजो बुधबार भएको कारोबारमा सेयर कारोबार रकम ४ अर्ब रुपैयाँमा सिमित भएको थियो । बिहीबार साढे ५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ । दीनभर भएका ५० हजार ३ सय ८६ कारोबारबाट २ सय ७ कम्पनीका १ करोड १४ लाख ६४ हजार २ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८ सय ३७ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । नेप्सेमा कारोबार हुने निर्जिबन बिमा समूहबाहेक सबै समूहहरु बढेर हरियाली छाएका छन् ।