corona 22.jpg

काठमाडौं –कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको छ । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई पुगेको छ ।

साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए ।

तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भइ आइसोलेशनमा उपचाररत रहेको परिवार स्रोतले जानकारी दिएको छ । कोभिडको कारण ज्यान गुमाउने उनी छैठौ व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ ।