sugar+factory.jpg

काठमाडौं— उखु किसानको उखुको पैसा नदिएको भन्दै प्रहरीले लुम्बिनी चिनी उद्योगका मालिक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरिएको छ । अग्रवालले किसानहरुलाई १७ करोड रुपैयाँ तिर्न बाँकी छ । किसानहरुको पटक पटकको आन्दोलन र किसानहरुसँग भएको सम्झौता अनुरुप किसानहरुलाई पैसा नदिए पछि उनलाई पक्राउ गरिएको हो । प्रहरीले जनाए अनुसार उनले बैंकमा तीन करोड रुपैयाँमात्र जम्मा गरेका छन् ।

महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाका अनुसार मनोज अग्रवालकी भाउजू सुशिला अग्रवालको नाम रहेको लुम्बिनी चिनी उद्योगको कारोबार मनोजले गर्दै आएका छन् । चिनी उद्योगहरुले किसानलाई लामो समयदेखि उखुको भुक्तानी नदिए पछि गतवर्ष र यस वर्ष पनि पुष महिनाको ठण्डीमा काठमाडौं माइतिघर मण्डलामा आन्दोलन गर्दै आएका थिए ।

सरकार र आन्दोलनरत उखु किसानका प्रतिनिधिबीच पुष १४ गते मङ्गलबार २१ दिन भित्र उखुको रकम भुक्तानी दिनेगरी ४ बुँदे सहमति भएको थियो । स्मरण रहोस् उखु किसानहरुले विभिन्न चिनीमिलबाट झण्डै ९० करोड रुपैया लिन बाँकी छ । मिल मालिकहरुबाट बक्यौता रहम उठाउन नसकेपछि उखु किसानहरु सरकारको ढोका घच्घच्याउन काठमाडौं उत्रिएका थिए । आन्दोलनकै क्रम एक किसानको हृदयघातबाट निधन भएको थियो । जबकी उनले चिनीमिलबाट २२ लाख रुपैयाँभन्दा बढी रकम लिनुपर्ने थियो ।