supprim+coart+2077+photo.jpg

काठमाडौं । सङ्घीय संसद् विघटनपछि प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध परेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज भने रेग्मीको इजलासमा तोकका हुन् । यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा पेसी तोकिएको थियो ।

उक्त रिट हिजो हेर्न नभ्याउने भन्दै रोकिएपछि आजको लागि कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो । संसद् विघटनपछिको काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजङ्ग केसी र दिनेश लामिछानेले पुष १३ गते र अधिवक्ता दिनेश त्रिपाठीले १४ गते गरी दुई वटा रिट दर्ता भएका थिए ।