राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न्न ४ बजे

राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न्न ४ बजे

काठमाडौं —राष्ट्रियसभा,हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न्न ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पहिलो बैठकमा संसदीय दलका नेताहरुले सम्बोधन गर्ने सहमति जुटाएको हो । अधिवेशन आह्वान र मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पनि पेस हुनेछ । यो अधिवेशनमा केही अध्यादेश, समिति गठनसम्बन्धी आदेश, संवैधानिक आयोगहरुको प्रतिवेदन र राष्ट्रियसभाका विषयगत समितिका प्रतिवेदन पेश हुने बताइएको छ ।