cold mitar photo.jpg

काठमाडौं– जाडोको मौसम सुरुभए सँगै उपत्यकाको न्यूनतम तापक्रम शून्यतिर ओह्रालो लागिरहेको छ । मौसमविद् राजु प्रधानाङ्गले जनाए अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो भने पौने ९ बजे तापक्रम घटेर ०.८ डिग्री सेल्सियस पुगेको थियो । मौसमविद् प्रधानाङ्गका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा न्यून हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज जुम्ला जिल्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलब ५ डिग्री सेल्सियस रहेको छ । सबैभन्दै चिसो यतिबेला जुम्लामा रहेको छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ छ भने र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ । मौसमविद् प्रधानाङ्गका अनुसार केही दिनयता चिसो बढ्ने सम्भावना रहेको छ । तराई मधेसका जिल्लामा बिहान लागेको हुस्सु कुहिरो अहिले बिस्तारै हट्दै गएको छ । दिउँसो घाम लाग्न थालेको छ ।